मङ्लबार, माघ २१, २०८२
Tuesday, February 3, 2026

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

काठमाडौं। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेन–जी शहीदको भावनाअनुसार आफूले काम गर्ने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री हुँदा पनि जेन–जीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने जिकिर गरे । उनले आफू जेन–जी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरुको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै कुरामा जानकार रहेको बताए । जेन–जीको बलिदानलाई मर्न नदिने र त्यसका लागि आगामी निर्वाचनमा आफूहरु उज्यालो पार्टी नेपाल दर्ता गरेर निर्वाचनमा होमिएको उनको भनाइ छ ।

उनले भने, ‘शहीद परिवारको भावना मैले पनि बुझेको छु, धेरै ठाउयँमा पुगेको छु । आर्यघाटमा पुगेको छ । मलाई धेरै पीडा हुन्थ्यो । हामीले बोल्ने भन्दा पनि भावनाले बुझेर काम गरेका थियौँ । मैले मन्त्री भएको नाताले सकेको काम जति गरेको छु । स्ट्याच्यु र जेन–जी पार्क बनाउने बारेमा केही समय लाग्यो र त्यो काम अब आउने सरकारले निरन्तरता दिनेछ । आगामी सरकारको नेतृत्वको लागि संसदमा हामी उपस्थित हुनका लागि उज्यालो पार्टी नेपाल दर्ता गरेर आएका छौँ । शहीदहरुको सपना पूरा गर्नकै लागि हामी राजनीतिक क्षेत्रमा आएर केही न केही योगदान दिनुपर्छ भन्ने हिसावले आएका छौँ । सबै नेपाली जनता, शहीद परिवारको साथ सहयोग हुनेछ भन्ने विश्वास छ । सधैँ मेरो प्रयास शहीद परिवारको दुःखमा साथ दिनेछु ।’

अध्यक्ष घिसिङले शहीद परिवारसँग आफ्नो पार्टीले दीर्घकालीन रुपमा सहयो गरेर अघि बढ्ने प्रीतवद्धता जनाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x