संसद पुनःस्थापनाको माग गर्दै प्रदर्शन
काठमाण्डौ । संसद पुनःस्थापनाको माग गर्दै युवाहरूको एक समूहले काठमाडौंमा प्रदर्शन गरेको छ। असंवैधानिक रुपमा विघटन गरेको संसद वैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरूले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरूको विश्वास छ ।
उनीहरूले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र वैधानिक तवरबाट संसद पुनःस्थापना होस् भन्ने आफूहरूको मुख्य माग रहेको जनाएका छन् । देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरूको भनाइ छ ।प्रदर्शनमा सहभागी युवाहरूले संविधान बचाउ,संसद फर्काउ,लुटिएको संसद फिर्ता गर,विघठित संसद पुर्नस्थापना गरलगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE