अमेरिकाले आफ्ना नागरिकलाई दिने सहुलियत नलिन नेपालीलाई दूतावासकाे आग्रह
काठमाडौं । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानून र विधिसम्मत गतिविधि गर्न त्यहाँ रहेको नेपाली राजदूतावासले आग्रह गरेको छ ।
हिजो सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट आदि कामका सिलसिलामा अमेरिकामा रहँदा अवैधानिक तारिकाले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउँदै आएको सहुलियत नलिनसमेत अपील गरेको छ ।
अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामाथि अन्य देशका नागरिक निर्भर भएरगरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रीनकार्ड रद्दसमेत हुनसक्ने जानकारी अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरुपयोग नगर्न पनि अनुरोध गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE