फागुन २१ को निर्वाचन नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दुः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएकी छन्।
राष्ट्रिय सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकी हुन।उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन निर्वाचनमा केन्द्रित गरिएको बताइन। उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताइन । उनले जेन–जी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी समेत सभालाई गराइन ।
उहाँले भनीन्। ‘सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनिकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको छ । भ्रष्टाचार न्यूनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । अगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित भएका छन् । जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना सुदृढ गरी कार्यान्वयनमा ल्याइएको छ । सबै सुरक्षा निकाय परिचालित गरिएको छ । यो निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र होइन । यो नेपालको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ ।’
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोगका लागि उहाँले राजनीतिक दलहरुलाई अपिल समेत गरीन ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE