मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

मौसम : हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली भूभागमा बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान छ ।

आज राति पनि तराईका केही भागमा कुहिरो लाग्ने सम्भावना रहेको छ । हिमपात र हुस्सुका कारण दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विशेषगरी बिहान र राति तराईमा यात्रा गर्दा गति कम गरेर गाडी चलाउन र आवश्यक सुरक्षा उपाय अपनाउन महाशाखाको सुझाव छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x