मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

सम्भवतः फागुन २१ मै चुनाव हुन्छः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका अध्यक्ष ओलीले सम्भवतः निर्वाचन फागुन २१ मै हुने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताए ।

देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको उनले बताए । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरूको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी भएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरूले गति लिएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x