रास्वपा र बालेनको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्र होः अग्निप्रसाद सापकोटा
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी गरे । नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर गरे । उनले घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट पारे । नयाँ राजनीतिक दल र पात्रहरूको उदयका पछाडि एउटा भयानक र रहस्यमयी शक्ति खडा भइरहेको उनको विश्लेषण छ । सिन्धुपाल्चोक जिल्लालाई नेकपाको पुरानो र मजबुत किल्ला बताउँदै सापकोटाले वि।सं। २०६४ देखि नै आफूहरू संस्थापन पक्षको रूपमा जनताको सेवामा समर्पित रहेको उल्लेख गरे ।
उनले भने, ‘अहिले जो रास्वपा र बालेनको बीचमा एकता भएको छ । तपाईंहरु विचार गर्नुहोला । यिनीहरुको न सिद्धान्त छ, न विचार छ, न दृष्टिकोण छ, न एजेण्डा छ । यिनीहरुको बीचमा सहमति भएको १० वटा बुँदामा प्राविधिक कुरा मात्रै छ । घण्टी बजाएको भरमा र हाम्रो संयोजक कमरेडले भनेजस्तै स्टन्ट गरेको भरमा नेपाली जनता अब भ्रमित हुँदैनन् । यिनीहरुका पछाडि एउटा भयानक तागत खडा भइरहेको छ । तर मलाई के विश्वास छ भने आजको उपस्थिति र उत्साहले पनि सिन्धुपाल्चोक जिल्ला हाम्रो किल्ला हो । जहाँ हामी २०६४ सालदेखि समर्पण छौँ । हामी नै संस्थापन हो ।’
उनले नेकपाको जित सुनिश्चित रहेको बताए । नेकपाको उम्मेदवारका अगाडि अरु उम्मेदवार ‘स्याल’ भएको टिप्पणी गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE