सरकारले नीतिगत निर्णय गरिदिए ठूला जलविद्युत आयोजना बनाउन निजी क्षेत्र तयार छः कार्की
काठमाडौं ।चुनावका बेला ठूला आयोजनाहरुलाई दलहरुले बनाउने चुनावी नारा बनाउँदै आएका छन् ।लहरुले लामोसमय चुनाव जित्ने अस्त्रका रुपमा प्रयोग गर्दै आएको एक आयोजना हो, बुढीगण्डकी जलविद्युत आयोजना ,नेपालको सबैभन्दा ठूलो जलाशययुक्त बहुउद्देश्यीय आयोजना भएपनि यो आयोजना अघि बढ्न सकेको छैन । दलहरुले चुनावी नारा बनाउने तर चुनाव जितेपछि बेबास्ता गर्दा बुढीगण्डकीसहितका ठूला आयोजनाहरु ओझेलमा पर्दै आएका छन् ।
धादिङ र गोरखाको मात्र नभएर सिंगो नेपालको अर्थतन्त्रमा प्रभाव पार्ने, रोजगारीदेखि सबै खालको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने भएकाले तत्काल यसको निर्माण बढाउन केही समय अघि धादिङमा हस्ताक्षर अभियान नै चलाउनुप¥यो । ठूला आयोजना यसरी अघि बढ्न नसकिरहेको बेला नेपालको निजी क्षेत्रले भने त्यस्ता ठूला जलविद्युत आयोजना निर्माणका लागि पूर्णतयारी अवस्थामा रहेको बताएको छ ।स्वतन्त्र ऊर्जा उत्पादक संघ ९इप्पान० का अध्यक्ष गणेश कार्कीले सरकारले नीतिगत सहजीकरण र वातावरण निर्माण गरिदिएमा बुढिगण्डकीजस्ता महत्वाकांक्षी आयोजना पनि निजी क्षेत्रले बनाउन सक्ने दाबी गरे ।कार्कीकाअनुसार बुढिगण्डकी आयोजनाको चर्चा धेरै वर्षदेखि हुँदै आएपनि यो परियोजना अघि बढ्न नसक्नुको प्रमुख कारक राजनीतिक नेतृत्व रहेको बताए । उनकाअनुसार सत्तामा पुगेपनि नीतिगत निर्णय समयमा नगरिदाँ राजनीतिक नेतृत्वले त्यस्ता आयोजना बन्धक बनेका छन् ।
कार्कीकाअनुसार नेपालको निजी क्षेत्रले पहिले साना आयोजना मात्र बनाउँदै आएपनि अहिले ५ सय मेगावाटसम्मका ठूला आयोजना निर्माण गर्न थालिसकेकाले बुढीगण्डकीसहितका आयोजनालाई अघि बढाउन समस्या छैन । एउटै प्रोजेक्टमा झन्डै १५–१६ लाख जना सेयरधनी हुन थालिसकेका छन्, त्यसले गर्दा पनि अब ठूला आयोजना बनाउन निजी क्षेत्रबाटै सम्भव रहेको कार्कीले बताए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE