शुक्रबार, फाल्गुन १, २०८२
Friday, February 13, 2026

निर्वाचनको समयमा राष्ट्रिय सभाले देशको अभिभावकीय भुमिका निर्वाह गर्‍योःअध्यक्ष दाहाल

काठमाडौं। संघीय संसद राष्ट्रिय सभाको १९ औं अधिवेशन ऐतिहासिक उपलब्धिहरूका साथ समापन भएको छ ।

बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशन समयका हिसावले छोटो भएपनि कामको हिसाबले निकै महत्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने रहेको बताए । अध्यक्ष दाहालले प्रतिनिधि सभा निर्वाचनको संघारमा देशभर चुनावी माहोल बनिरहेको अवस्थामा राष्ट्रिय सभाले अभिभावकीय भुमिका निर्वाह गरेको उल्लेख गरे । यस अधिवेशन अवधिमा राष्ट्रिय सभाले महत्वपूर्ण विधेयकहरू पारित गरेको छ । पर्यटन विधेयक, २०८१, चलचित्र विधेयक, २०८१ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना सञ्चालन विधेयक २०८१ लाई पारित गरी प्रतिनिधि सभामा पठाइएको छ । यस्तै अभौतिक प्राकृतिक सम्पदा संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ । यसैगरी मतदाता नामावली ऐन संशोधन, प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेशहरू सभाबाट सर्वसम्मत स्वीकृत भएका छन् । सरकारले भने सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिएको छ ।

२७ दिन चालु रहेको यो अधिवेशनमा कुल ९ वटा बैठकहरू बसेका थिए । कुल १७ घण्टा २५ मिनेट समय सभाको काममा व्यतित भएको छ । यस अवधिमा २९ जना सदस्यहरूले शून्य समयमा ४८ मिनेट र १५ जना माननीय सदस्यहरूले विशेष समयमा ३ घण्टा ३९ मिनेट समय उपयोग गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x