शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

टी–२० विश्वकप : वेस्ट इन्डिजसँगको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ ।खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुँदैछ ।

नेपालले टस हारेको छ ।वेस्ट इन्डिजका कप्तान साई होपले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दैछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल पर्सि मङ्गलवार स्कटल्याण्डसँग खेल्नेछ ।

समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा सुखद हुन सकेन ।नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा छ । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार २ खेलमा जीत निकालेको वेस्ट इन्डिज समूह ‘सी’ को शीर्ष स्थानमा छ ।यस्तै आजै दिउँसो ३ बजे भारतको चेन्नईमा नामिबिया र अमेरिकाले खेल्दैछन् । आजै बेलुका सवा ७ बजे आयोजक भारत र पाकिस्तानबीच खेल हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा हुनेछ । लगातार दई खेल जितेका दुवै टोलीको समान ४ अङ्कसहित भारत शीर्ष र पाकिस्तान दोश्रो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x