मौसम : गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
सोमबार बिहान तराई भूभागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको हो । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी,हिमाली भूभागमा आंशीक बादल लागेको छ। साथै बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूरवानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, सोमबार दिउँसो भने तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो लाग्ने भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी,हिमाली भूभागमा आंशिक बादल लाग्ने भएको छ। साथै बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, सोमबार राति भने तराई भूभागका केही स्थानहरूमा तुँवालो लाग्ने भएको छ । कोशी र गण्डकी प्रदेशको पहाडी, हिमाली भूभागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको केही स्थानमा हल्का वर्षा,हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE