अब सुकुमबासी र गरिबहरूको ध्यान दिने एमाले अध्यक्ष ओलीको आश्वासन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको ध्यान रहेको बताएका छन्।
बुधबार दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटमा उनले आफूले कोही भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन भन्ने नीतिका साथ अगाडि बढेको बताएका हुन् ।
उनले स्वास्थ्य बिमालाई परिवर्तन गरेर ३५ सय तिरेर १ लाखसम्मको उपचार गर्न पाइने व्यवस्था आफूले बनाएको बताए। उनले झापाको विकासलाई आफूले तीव्रता दिएको समेत जिकिर गरे।
दमकको विकासका लागि आफु सधै लाग्ने अध्यक्ष ओलीको भनाइ छ ।उनले आफू विराटनगरमा एउटा कार्यक्रम सकेर आजै काठमाडौं फर्किन लागेको समेत जानकारी गराए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE