आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

रौतहट तनावबारे छलफल गर्न गृहमा केन्द्रीय सुरक्षा समितिको बैठक

 काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा अहिले बैठक बसिरहेको गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयले जनाएको छ ।

बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी गराएको छ ।मधेश प्रदेशको गौरमा दुई समुदायबीच विवाद बढेपछि उत्पन्न तनावबारे गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति बैठक बोलाएर छलफल गरेका हुन् ।

बैठकमा गृहमन्त्री अर्यालसहित चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति छ ।बैठकका निर्णयबारे केहीबेरमा जानकारी गराउने गृह मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x