शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय

काठमाडौँ । गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा सोमबार बिहान बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

दुर्घटनामा ठुलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबिचको छलफलले छानबिन समिति बनाउने निर्णय गरेको हो ।

कसको नेतृत्वमा कति सदस्यीय समिति बनाउने भन्ने टुङ्गो लागि नसकेको सुवेदीले जानकारी दिइन् ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x