आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

निर्वाचनपछि अन्योल थोरै हटेको छ, स्थिरताको प्रश्न कायमै छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं। नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन् ।

११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतीदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन् ।सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उनको जोड छ । देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उनले वर्तमानका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औंल्याइन् ।नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिइन् ।देशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उनले सबैमा आह्वान गरिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।समाजवादको गन्तव्यमा पुग्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने नेतृ शाक्यले स्पष्ट पारिन् ।उनले भनिन्, ‘अहिले निर्वाचन सम्पन्न भएको छ । एक खालको अन्योलता थोरै हटेको छ तर स्थिरताको प्रश्न कायमै छ ।

त्यसो भएको हुनाले अब देश कसरी अगाडि बढ्छ त भन्ने जिज्ञासा तपाईं हामी सबैलाई छ । अप्ठ्याराहरु छन्, चुनौतीहरू छन्, देशलाई सबैले माया गर्नुपर्छ नेपाल रह्यो भने हामी रहन्छौं । नेपाली रहन्छौं । नेपालै रहेन भने हामी नेपाली भएर सार्वभौम नेपाली भनेर जुन खालको छ हामीसँग त्यो पनि रहँदैन भन्ने लाग्छ । त्यसो भएको हुनाले नेपाललाई माया गरौं ।’नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरू राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताइन् ।महिलाहरू विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएपनि राष्ट्रिय मुद्दामा उनीहरूको एउटै स्वर हुनुपर्ने बताइन् । संविधानले नै महिलाका हक अधिकारलाई सुरक्षित गरिसकेको र राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित गर्दै लगेको अवस्थामा अब महिलाहरू चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x