सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

काठमाडौं। झापामा गएराति आएको भीषण वर्षा र हावाहुरीका कारण रुखले थिचेर र पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुख ढल्दा हल्दीबारी गाउँपालिका–२ पाराखोपीमा १७ वर्षीया आरती राजवंशीको ज्यान गएको छ।आफ्नै घरमा सुतिरहेको अवस्थामा नजिकैको आँपको रुख घरमाथि ढल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी नायव निरीक्षक रोशन खड्का र सशस्त्र प्रहरीको टोली पुगेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

वर्षासँगै जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जनाको डुबेर मृत्यु भएको छ। हल्दीबारी–२ का ३७ वर्षीय सुनिलराम सोरेनको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।मजदूरी गरी घर फर्कने क्रममा मादक पदार्थ सेवन गरेका उनी खेतमा लडेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।त्यसैगरी, अर्जुनधारा–४ रातेखालस्थित खोल्सा ९पैनी मा डुबेर ५० वर्षीय कृष्ण कटुवालको मृत्यु भएको छ। छारे रोगका बिरामी रहेका कटुवाल पैनीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।व्यापारिक प्रतिष्ठानमा क्षति लगातारको वर्षाले बिर्तामोड क्षेत्रका पसल तथा घरहरूमा पानी पसेर ठूलो नोक्सानी पुर्यामएको छ।

बिर्तामोड–५ स्थित कलश इन्टर प्रा।लि।मा पानी पस्दा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पसलमा रहेका लुब्रिकेन्ट र २५० थान ब्याट्रीहरू पानीले भिजेर नष्ट भएका हुन्।स्थानीय प्रहरी र नगरपालिकाको जेसीबी प्रयोग गरी पानीको निकास खोलिएको थियो। यस्तै, बिर्तामोडकै तमु खाजा घरमा पनि पानी पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य गरेको थियो।

दुर्घटना र अन्य भौतिक क्षति हावाहुरीले बिर्तामोड–५ धिमाल चोकमा सडक किनारको सोलार पोल ढल्दा ४६ वर्षीय मोटरसाइकल चालक सूर्य श्रेष्ठ घाइते भएका छन्।उनको अहिले बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ। यता गौरादह९९ मा पिपलको हाँगा भाँचिएर नितम भुजेलको घरको टिनको छानामा सामान्य क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार विपद् लगत्तै सुरक्षाकर्मीको टोली विभिन्न स्थानमा परिचालन गरी जनधनको सुरक्षा र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x