आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बजारमा, अनावश्यक सञ्चितिले विद्यार्थी,मजदुरलाई समस्या पर्योः निगम
काठमाडौं । नेपाल आयल निगमले शुक्रवारदेखि देशभर ग्यास अभाव हटाउन आधा भरिएको सिलिण्डर बजारमा पठाउन शुरु गरेको छ ।
देशमा ग्यास आयात खपत अनुसार नै भइरहे पनि उपभोक्तामा फैलिएको त्रासका कारण ग्यास सञ्चिति बढ्दा बजारमा वितरणमा समस्या देखिएपछि निगमले आधा भरीका सिलिण्डर बजारमा पठाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरकाअनुसार सुरुमा चुनावको सन्दर्भलाई लिएर ग्यासको आपूर्तिमा समस्या हुनसक्ने आशंकाले उपभोक्ताले ग्यास जोहो गरेको र अहिले झन सञ्चिति गर्ने क्रम बढ्दा अभाव चर्किंदै गएको बताए । उनकाअनुसार शुरुमा एक–दुई वटा कम्पनीको मात्रै ग्यास अभाव भएपनि अहिले अरु ग्यासहरुपनि नपाइने स्थीति आएपछि त्यसलाई सहजीकरण गर्न आधा सिलिण्डर बजारमा पठाइएको हो ।
निगमकाअनुसार देशमा ग्यास आयात भने खपत अनुसार नै भइरहेको छ । गत पुस महिनामा ४७ हजार मेट्रिक टन ग्यास आयात भएको थियो भने माघ महिनामा करिव ४६ हजार मेट्रिक टन ग्यास आयात गरिएको छ । नेपालको मासिक खपत करिव ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास रहेको निगमले ठाकुरले जानकारी दि। उहाँकाअनुसार यो महिनामा मात्रै फागुन २६ गतेसम्म करिव साढे ४६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ ।
तर उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि समस्या समाधानका लागि निगमले बृहत छलफल गरेर आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको ठाकुरको भनाइ छ ।
ठाकुरकाअनुसार ग्यासको अभावको असर विशेषगरी हुनेखानेभन्दा विद्यार्थी र मजदुर वर्गमा बढी देखिएको छ । उनीहरूलाई एउटा ग्यास सिलिण्डर पाउन महिनौँ कुर्नुपर्ने अवस्था देखिएपछि उक्त समस्या समाधानका लागि ७.१ केजी ग्यास भरेर वितरण गर्ने निर्णय गरि कार्यान्वयनमा ल्याइएको छ ।
निगमका प्रवक्ता ठाकुरले भने–‘हाम्रो जति खपत छ, सोही अनुसार आयाल निगमले ग्यास ल्याइरहेको छ । चुनावमा के हुने हो भनेर उपभोक्ताले ग्यास जोहो गर्न थाले । त्यतिबेला एकदुई वटा कम्पनीको मात्रै ग्यास अभाव थियो । सञ्चारमाध्यममा ग्यासअभाव भनेर आइदिदाँ उपभोक्तामा त्रास सिर्जना भयो र उपभोक्ता ग्यास सञ्चिततर्फ लागे । उपभोक्ताले त्यो सञ्चिति गर्दा कुनै असर परेको थिएन । तर अहिले संञ्चिति बढेसँगै अहिले अरु ग्यासको अभाव देखिन लाग्यो । त्यसलगतै इरानमा आक्रमण भयो र त्यसपछि विश्वभर नै उर्जा संकट हुने हो की भन्ने हिसाबले सञ्चारमाध्यममा आए । त्यसपछि नेपालमा पनि प्रभाव देखियो । आम उपभोक्तामा फेरि डर पैदा भयो । जसकारण उपभोक्ताले जोहो गर्न छाडेनन् ।
गत पुषमा ४७ हजार मेक्टिक टन ग्यास भएकोमा माघमा करिब ४६ हजार टन ग्यास आयात भएको छ । जुन हाम्रो खपत अनुसार नै हो । हाम्रो खपत भनेको ४५÷४६ हजार मेक्टिक टन नै हो । फागुन २६ सम्म करिब साढे ४६ हजार मेक्टिक टन ग्यास आयात भइसकेको छ । जति खपत भइरहेको छ, त्यति ग्यास उपभोक्ताले सहज रुपमा ग्यास नपाएपछि बृहत छलफल गरेर यसलाई सहज गराउन आधा सिलिण्डर ग्यास वितरण गरिएको हो । खासमा समस्या हुनेखाने भन्दा पनि विद्यार्थी, मजदूरलाई धेरै समस्या देखियो । उनीहरुले एउटा ग्यास पाउन महिनौ कुर्नुपर्ने समस्या देखिएपछि त्यो समस्या हटाउन निगमले ७.१ केजिको ग्यास भरेर वितरण गर्ने निर्णय गरेको हो । पहिले फुल ग्यासको १९१० रुपैयाँ पर्ने गरेकोमा अब आधा ग्यास अर्थात ७.१ केजीको ग्यासलाई ९५५ रुपैयाँ पर्नेछ ।’
ठाकुरकाअनुसार यसअघि पूर्ण सिलिण्डर ग्यासको मूल्य १ हजार ९ सय १० रुपैयाँ रहेकोमा अब आधा सिलिण्डर अर्थात ७.१ केजी ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ । युद्धका कारण अहिलेसम्म ग्यास तथा इन्धन आयातमा कुनै समस्या नआएको निगमको भनाइ रहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE