सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

रास्वपाले प्राप्त जनादेशलाई सदुपयोग गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति डा। रामवरण यादवले प्रतिनिधि सभा निर्वाचनबाट प्राप्त जनादेशलाई राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सदुपयोग गर्नुपर्ने बताएका छन् ।

मंगलबार पत्रकार विपुल पोखरेलद्वारा लिखित सङ्कलन पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
विं।सं। २०७२ सालतिर आएको दुई तिहाइको शक्ति कसरी खेर गएको भन्ने विषय सबैलाई अवगत रहेको उल्लेख गर्दै त्यतिबेला प्राप्त बहुमत टिक्न नसकेको स्मरण गराए । लामो समयपछि पुनः दुई तिहाइको जनादेश आएको भन्दै यसलाई सही दिशामा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
पूर्वराष्ट्रपति यादवले नेपालको राजनीतिक आन्दोलनको इतिहास स्मरण गर्दै २००७ सालको क्रान्ति तराई क्षेत्रमा केन्द्रित रहेको र २०४६ सालको जनआन्दोलन देशव्यापी बनेको उल्लेख गरे ।

उनले गत भदौ २३–२४ गते भएको आन्दोलनबारे विस्तृत मूल्याङ्कन पछि आउने बताउँदै त्यसमा युवाहरूको सक्रिय सहभागिताले आन्दोलन सफल भएको धारणा राखे ।यसै सन्दर्भमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले हासिल गरेको दुई तिहाइ जनादेशलाई सकारात्मक रूपमा लिएर जनताको पक्षमा काम गर्न आग्रह गरे ।उनले यस्तो जनादेशलाई सबै राजनीतिक दलहरूले आत्मसात् गर्नुपर्ने बताए । यद्यपि उनले विपक्षीविनाको संसद्को कल्पना गर्न नसकिने स्पष्ट पार्दै त्यस्तो अवस्था संविधान विपरीत हुने बताए । साथै, हालै सम्पन्न निर्वाचनबाट आएका सबै दलहरूले संविधानको अक्षरशः पालना गर्नुपर्नेमा उनले जोड दिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x