सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजयः काँग्रेस

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ ।

फागुन २१ गते सम्पन्न सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीले प्राप्त गरेको अपेक्षाभन्दा कमजोर नतिजापछि पहिलो बैठक केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा प्रस्तावमाथि छलफल हुनुका साथै चुनावको परिणामको प्रारम्भिक समीक्षा र हारका कारणहरूको विश्लेषण भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उहाँकाअनुसार धारणा राख्ने सबै केन्द्रीय सदस्यहरू पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा रहेका छन् । बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ ।

यस्तै बैठकले प्रतिनिधिसभा सदस्य चुनावमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ । प्रवक्ता देवराज चालिसेले ८ लाख ५० हजारभन्दा धेरै क्रियाशील सदस्य भएको कांग्रेसले अपेक्षित मत पाउन नसक्नु गम्भीर प्रश्न बनेको बताए।

कांग्रेसको केन्द्रीय समितिको बैठकमा चुनावी प्रदर्शन र आउँदा दिनमा मतदाताको विश्वास पुनः आर्जन गर्ने सन्दर्भमा विस्तृत समीक्षा भइरहेको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x