पोखरा महानगरः शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो
काठमाडौं । पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् ।
मेयर धनराज आचार्यका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयहरूमा ८ हजार भन्दा बढी विद्यार्थी थपिएका छन् । कतिपय सरकारी विद्यालयहरूमा त अहिले भर्ना पाउनै मुस्किल हुने अवस्था सिर्जना भएको छ । जहाँ २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरले शिक्षा क्षेत्रमा ५५ वटा विभिन्न बुँदाहरूमा सुधारका कामहरू अघि बढाएको छ । यसले गर्दा सरकारी विद्यालयहरू र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताएका छन् । यसैगरी विकासको बजेटलाई तल्लो तहसम्म पु¥याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गरेका छन् ।
उनका अनुसार अघिल्लो कार्यकालमा वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएका छन् । एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट एकै वर्षमा वडामा पठाएर वडा तहका साना–ठूला सबै कामहरूलाई तिब्रता दिइएको छ । वडा बलियो र सफल भए मात्र महानगर सफल हुने मेयर आचार्यको भनाइ छ ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE