सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन

काठमाडौं। अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ ।अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा आचार्यको सोमबार बिहान निधन भएको जनाइएको छ ।

आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x