पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री आचार्य साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् ।
सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलाले आचार्यसँग २ लाख ५० हजार धरौटी रकम माग गरेको हो ।
आचार्य धरौटी रकम बुझाएर रिहा भइसकेको जनाइएको छ ।
आचार्य पर्यटनमन्त्री हुँदा विमानस्थलको लागत अस्वभाविक बढाएर अनियमितता भएको अख्तियारको दाबी छ । अख्तियारले उनीलगायत विरुद्ध गत मंसिर २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE