राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पु¥याउन सघाउने हर्क साम्पाङको घोषणा ।
काठमाडांै। श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम हुने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पु¥याउन सघाउने बताएका छन् ।प्रतिनिधिसभा सदस्यको शपथका लागि मंगलबार धरानबाट काठमाडौं आइपुगेका उनले सञ्चारकर्मीसँग रास्वपलाई दुईतिहाइ पु¥याउन सघाउने बताएका हुन् ।
आफुहरुलाई सरकार चलाउने म्यान्डेट जनताले नदिएकाले प्रतिपक्षमै बस्ने उनको भनाइ छ । रास्वपाको अहिले १८२ जना सांसद छन् । दुईतिहाइका लागि उसलाई दुईजना सांसद चाहिन्छ । म्याग्दीमा महावीर पुनले स्वतन्त्रबाट जितेका छन् । उनलाई रास्वपालले सघाएको छ। महावीरले साथ दिए अझै एकजना सांसद चाहिन्छ ।
तर प्रत्यक्षमा ३ र समानुपातिकमा ४ सिट जितेको श्रमसंस्कृतिले साथ दिए सजिलै दुईतिहाइ पुग्छ ।हर्कले अहिले पनि बालेन्द्र साह होइन, रवि लामिछाने नै प्रधामन्त्रि हुनुपर्ने बताए । जनताले नचुनेकाले आफु प्रधानमन्त्री हुन नसकेको बताउदै उनले अब प्रतिपक्षमा बसेर खबरदारी गर्ने दाबी गरे ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE