मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

बालेन र कुलमान पक्षलाई समेट्न रास्वपाले थप्यो पदाधिकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पद मिलान गर्न चार वटा पदाधिकारीको पद थप गर्ने निर्णय गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनकाअनुसार उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग एकतापश्चात पदीय समायोजनका लागि चार जना पदाधिकारीको पद थप गरिएको हो । झाले विवेकशीलसँग पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय समेत गरेको छ । मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेकी छन् ।

उनले भने, ‘विवेकशील पार्टी रास्वपासँग एकीकरण भएपश्चात त्यो पार्टीको नेतृत्व तहमा रहनुभएका सात जनालाई आजदेखि केन्द्रिय समितिमा मनोनित गरेका छौँ । त्यस्तै पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाका लागि पार्टी उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा प्रत्यक्ष निर्वाचनको तयारीका लागि कार्यदल गठन गरेका छौँ । पार्टी समायोजन प्रक्रियाको थप प्रक्रिया अगाडि बढाउनको लागि पार्टी महामन्त्रीज्यूको नेतृत्वमा दुईवटा कार्यदल पनि गठन भएको छ । त्यस्तै, पार्टीमा थप दलहरु समेत आवद्ध भएको अवस्थामा दुई जना उपसभापति, एक जना महामन्त्री, एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता थप्ने निर्णय पनि केन्द्रीय समितिले पास गरेको छ ।’

प्रवक्ता झाले पार्टीको समायोजनको बाँकी प्रक्रिया र प्रत्यक्ष निर्वाचन प्रक्रियाको कामहरु अगाडि बढाउनको लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा कार्यदल समेत गठन गर्ने निर्णय गरेको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x