सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नेकपा एमालेका जनसंगठनहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

 

माइतीघरमा प्रहरी घेरा तोडेर अघि बढेका प्रदर्शनकारीसँग काठमाडौं जिल्ला अदालत अगाडि झडपसमेत भएको छ । अहिले माइतीघरबबरमहल क्षेत्र तनावग्रस्त बनेको छ ।

अदालतअगाडि प्रदर्शनकारीले टायर बाल्न खोज्दा प्रहरीले हस्तक्षेपसँगै लाठीचार्ज गरेको छ ।

माइतीघरको प्रहरी ब्यारिगेट तोडेर प्रदर्शनकारी बानेश्वरतर्फ बढेका छन् । प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको विरुद्धमा नारााबाजी गर्दै प्रहरीको घेरा तोड्दै आक्रोशित रूपमा प्रदर्शनकारी अघि बढेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x