सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ ।पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको निवेदनको पेसी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । यी दुवै पेसी इजलासको पहिलो क्रममै रहेका छन् ।

शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् भने लेखकको पनि उनकी श्रीमती यशोदा लेखकले निवेदन दर्ता गराएकी थिइन् । शनिकार गुन्डुबाट पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली सोही दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । हाल उनी अस्पतालमा चिकित्सकको निगरानीमै रहेका छन् ।

ओली र लेखक भदौ २३ को जेन जी प्रदर्शनका क्रममाम भएको घटनामा दमन गरेको आरोपमा जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार पक्राउ परेका हुन् । आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरु दुवै जनालाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x