सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन
काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत्र १९ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए ।
बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने र संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । चैत्र १९ गते बिहीवारका दिन अपरान्ह २ बजे संघीय संसद भवन सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिए ।
सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको पनि बताए ।
प्रवक्ता पोखरेलकाअनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा बन्ने समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू रहनेछन् । उक्त समितिले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनका लागि बहस पत्र तयार गर्नेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE