सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सिंहदरबार बदल्न सुरु गरिएको रास्वपा सभापति लामिछानेको दाबी

 काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् ।साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए ।

साथै, उनले जनतालाई आभार मात्रै प्रकट नगर्ने भन्दै मतादेशको गुन जिम्मेवारी पूरा गरेर गर्ने बताए ।सभापति लामिछानेले विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा गरिदिन अनुरोध गरे ।सभापति लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताए । आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने उनको भनाइ छ ।‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको र अध्यादेश पनि ल्याइएको बताउदै उनले त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइने बताए ।

प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब नदोहोरिने उनको भनाइ छ । आस्थाका आधारमा फरक व्यवहार अब नदोहोरिने र अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने उनको भनाइ छ । तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उनको भनाइ छ । पारदर्शी परराष्ट्र नीति अब हुने र पहिले राष्ट्रहित सुनिश्चित हुने उनको भनाइ छ ।’उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शीता र सुरक्षाको ग्यारेन्टी पनि गरे ।
लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी समेत मागेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x