पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् ।
लामिछानेले हिजो बुधबार जिल्ला अदालत पुगेर तारेख बुझेका थिए । सो क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरे बमोजिम आदेश जारी गरेको हो ।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनले तारेख बुझेसँगै वारेसबाट मुद्दा लड्नका लागि वारेस पाएका हुन् ।योसँगै अब लामिछाने तारेखका लागि पर्सा अदालत पुग्न नपर्ने भएको छ । पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE