सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सरकारले विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउने कुरालाई नियाली रहेको बताएका छन् ।

विगतमा मन्त्रालयको बन्द कोठामा बसेर सेटिङको भरमा देशलाई ठग्नेहरुलाई कारबाही गर्नुपर्ने जनताको म्याण्डेट सरकारलाई रहेकाले सरकारले सोही कामलाई अघि बढाउने गरी तयारी गरिरहेको मन्त्री तिमिल्सिनाको भनाई थियो । शुक्रवार सिंहदरबारमा आयोजित रेडियो नेपालको ७६ औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले मुलुकको राजनीतिक अब सङलिएको दाबी गर्दै निश्कलंक भएर काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिए । मन्त्री तिमिल्सिनाले सरकार कामैकामको चापमा रहेको पनि स्पष्ट पारे ।

मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले मुलुकमा ठूलो आशाको सञ्चार हुनेगरी काम गर्न जरुरी रहेको पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x