आइतवार, चैत्र २२, २०८२
Sunday, April 5, 2026

कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउनका लागि प्रतिवद्ध छुः कानूनमन्त्री गौतम

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तिब्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताएकी छन्।
आईतवार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरीन । मन्त्री गौतमले संघीय संसदले आगामी दिनमा काम गर्ने थलोको रुपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताइन। उनले सरकारलाई जवाफदेही बनाउन संघीय संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिइन ।

मन्त्री गौतमले भन्नीन ‘अब यस पटकको संसदले स्पष्ट जिम्मेवारी कानूनी रिक्तता पूरा गर्नका लागि काम गर्नुपर्नेछ । शासनलाई प्रभावकारी बनाउनका लागि काम गर्नुपर्नेछ । सरकारलाई जवाफदेहितको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाई गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्नें शाहस देखाउनै पर्दछ । र, काम गर्ने संसदको पहिचान स्थापित गर्नैपर्दछ । म कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमाअघि बढाउनका लागि प्रतिवद्ध छु भन्नेकुरा पनि संसदमार्फत निवेदन गर्न चाहन्छु ।’

मन्त्री गौतमले जनताको आवश्यक्तालाई सम्बोधन गर्न पनि कानून निर्माण गर्ने काममा संसदमा ढिलाई गर्ने छुट नभएको पनि स्पष्ट पारेकी छीन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x