सरकारसँग एमाले सांसद कार्कीको मागः हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गरियोस्
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद डा.अर्जुनकुमार कार्कीले हिमाली तथा दुर्गम क्षेत्र विकास प्राधिकरण गठन गर्न सरकारसँग माग गरेका छन् ।
।
मंगलवार संघीय संसद प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो माग गरेका हुन् । सांसद कार्कीले हिमाली तथा पहाडी क्षेत्रमा गाउँगाउँमा उद्योग र घरघरमा रोजगारी सृजना गर्नका लागि सो प्राधिकरण तत्काल स्थापना गर्न आवश्यक रहेको तर्क समेत गरे । उनले नेपालमा हिमाली तथा पहाडी क्षेत्रको विकासमा कृषि, पर्यटन र जडिबुटी विकासको ठूलो सम्भावना बोकेको सम्पदा भएको उल्लेख गर्दै सरकारले त्यसलाई परिचालन गर्ने गरी विकास आयोजनाहरुको कामलाई अघि बढाउन अति आवश्यक भएको पनि स्पष्ट पारेका छन् ।
सांसद कार्कीले जनता रोजगारीको अभावमा रहेकाले पनि सरकारले सो कुरालाई ध्यानमा राखेर मुलुकको स्रोत तथा साधन परिचालन गर्नुपर्ने बताएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE