शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

स्वास्थ्य प्रणाली सुदृढ गर्न तथ्यमा आधारित नीति र सुशासन अनिवार्यः सचिव देवकोटा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ‘स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’लाई सम्बोधन गर्दै सचिव देवकोटाले स्वास्थ्य अनुसन्धान अब छनोटको विषय मात्र नभई आवश्यकता बनिसकेको बताए । यस वर्षको शिखर सम्मेलनको नारा ‘नेपालमा तथ्यमा आधारित निर्णय प्रक्रिया र कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान सुशासन’ प्रति ऐक्यवद्धता जनाउँदै उनले पाँचवटा मुख्य आधारहरू—अनुसन्धान, सुशासन, प्रमाण, निर्णय प्रक्रिया र कार्यान्वयन—लाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

उनले अनुमानका भरमा नभई विश्वसनीय तथ्याङ्क र प्रमाणका आधारमा निर्णय लिने परिपाटी नै प्रभावकारी स्वास्थ्य नीतिको मेरुदण्ड भएको स्पष्ट पारे । विश्वव्यापी रूपमा देखापरेका संक्रामक रोग, नसर्ने रोग, जलवायु परिवर्तनका असर र स्वास्थ्य सेवामा रहेको असमानता जस्ता जटिल चुनौतीहरूलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति निर्माणको महत्त्व अहिले झनै बढेको उनको तर्क छ ।

उच्च कार्यक्षमता भएको स्वास्थ्य प्रणालीका लागि सुशासनलाई जग मान्दै उनले यसमा पारदर्शिता, जवाफदेहिता र विधिको शासन हुनुपर्ने बर्ताए। स्वास्थ्य सेवा प्रवाहलाई कुशल, उत्तरदायी, समतामूलक र समयसापेक्ष बनाउनुपर्नेमा उनको जोड छ ।

सचिव देवकोटाले नीति निर्माण र कार्यान्वयनबीचको खाडललाई कम गर्न अनुसन्धानका निष्कर्षहरूलाई व्यवहारमा उतार्ने प्रक्रियालाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x