बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरसहित)

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा मुख्यतया सार्वजनिक लेखा समितिको सभापतिमा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

संसदीय प्रक्रियामा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेका बेला रास्वपाको यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

रास्वपाले समितिको सभापतिमा कसलाई समर्थन गर्छ भन्नेकुराले आगामी संसदीय समीकरणमा समेत प्रभाव पार्नसक्ने विश्लेषण गरिएको छ । रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा भइरहेको यो बैठकमा समसामयिक राजनीतिक विषय र सरकारको कार्यसम्पादनका बारेमा पनि समीक्षा भइरहेको स्रोतले जनाएको छ ।

लेखा समितिको सभापति प्रतिपक्षले पाउने संसदीय परम्परा रहे पनि यसपटक सत्तापक्ष र प्रतिपक्षबीच यसबारे विवाद कायम छ । रास्वपाले यस विषयमा मध्यमार्गी बाटो रोज्ने वा कुनै निश्चित दललाई सहयोग गर्ने भन्ने निर्णयले समितिको भविष्य तय गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x