आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाइनेछः सभामुख अर्याल
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले अघि बढाउने तयारी भइरहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा संसदीय मामिला पत्रकार समाजमा आवद्ध सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। सभामुख अर्यालले आफूले संसदका सबै गतिविधिलाई प्रत्यक्ष रुपमा प्रशारण गरेर त्यसको सबै गतिविधिलाई पारदर्शी बनाउन चाहेको पनि उल्लेख गरे ।
उनले सञ्चारकर्मीहरुलाई आफूले संसदमा सहज पहुँच विस्तारमा कुनै समस्या आउन नदिने समेत स्पष्ट पारे। संसदमा कुनैपनि विधेयकको ड्राफट गर्दा समेत सबै सरोकारवालाहरुसँग पटक पटक छलफल गरेर अघि बढाउने कुरालाई आफूले अघि बढाउने सभामुख अर्यालको प्रतिवद्धता थियो । उनले देशको आवश्यक्तालाई ध्यानमा राखेर संसदमा नयाँ नजिरहरु स्थापित गर्दै लैजाने कार्ययोजना पनि सुनाए ।
सभामुख अर्यालले भने,‘नयाँ नजिरहरु स्थापित गर्दै जानुपर्ने हुन पनि सक्छ हामीले । किनकी अवको समाजलाई त्यो आवश्यक छ । अबको देशको लागि त्यो आवश्यकता छ भने त्यो गरौँ । तर तपाईंहरुले भनेको कुरामा म गम्भिर छु । मलाई यसबारेमा जानकारी छ । त्यसकारण हामी कुनैपनि कुरालाई लाईभ गरेर सबै कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य बोकेर आएको मान्छेहरु हो । त्यसकारण हामी कुनैपनि कुरा लुकाउनुपर्छ, छिपाउनु पर्छ भन्ने पक्षमा छैन । म त विधेयक ड्राफ्ट गर्दा हन्ड्रेट पर्सेन्ट विधेयक ड्राफट गर्नु भन्दा अघि स्टेकहोल्डरसँग बसौ, पटक पटक बसौ । म यसै पटकको बजेटको अधिवेशनलाई नै हामीले अलिकति फरक के गर्न सकिन्छ रु भनेर त्यसमा काम गरिराखेको छु । यस्ता कुरामा हामी सचेत छौँ ।’
सभामुख अर्यालले कानून निर्माणको कामलाई आफूले छिटो छरितो ढंगले सम्पादन हुनेगरी संसदीय नियमावलीमा संशोधन गर्न चाहेको पनि बताए।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE