शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । आज विश्व सम्पदा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था ९युनेस्को०अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि हरेक वर्ष अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो ।

विश्व सम्पदा क्षेत्रमा नेपालका काठमाण्डौ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

दिवसको अवसरमा काठमाण्डौमा सम्पदा पदयात्रा हुँदैछ । त्यस्तै हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्त्वका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x