धवलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु
काठमाडौं। धवलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् ।
चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विट्जरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धवलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ । धवलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धवलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए।तेस्तै अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ। यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE