सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी विज्ञहरुसँगको छलफलमा

काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरुसँगको सामूहिक छलफल शुरु गरेको छ ।

संघीय संसदमा पहिलो पटक सहभागी भएको सो पार्टीले आईतवार ललितपुरमा छलफल शुरु गरेको हो ।

छलफलमा डा. सुन्दरमणि दीक्षित, डा। राजाराम सुवेदी। प्रो. डा. राजकुमार पोखरेल,डा. टिकाराम गौतम, डा. केशवमान शाक्य, डा. लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित पार्टीका नेताहरु सहभागी भएका छन् ।

श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढने संकल्प लिइएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भुमिकालाई प्रभावकारी बनाउन विज्ञहरुसँगको छलफल शुरु गरेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x