बुधबार, बैशाख ९, २०८३
Wednesday, April 22, 2026

आज ‘नेपाल कम्युनिष्ट पार्टी’को स्थापना दिवस

काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी ‘नेकपा’ स्थापनाको ७७औँ दिवस, एमालेसहित कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदैछन् ।

जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

त्यस बेला पुष्पलाल पार्टीको महासचिव बनेका थिए । यस बीचमा शृङ्खलाबद्ध टुटफुट र सत्ता केन्द्रित राजनीतिले नेपालको कम्युनिष्ट आन्दोलन धरापमा परेको टीकाटिप्पणी हुँदै आएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देशमार्फत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको उल्लेख गरेका छन् ।

यस्तै एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद र अवसरवाद केही समयको पाहुना जस्तै भएको बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x