सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको मृत्यु

काठमाडौं । युद्धविरामबीच इजरायलले लेबनानमा गरेको हमलामा एक पत्रकारसहित ५ जनाको ज्यान गएको छ ।

इजरायल र लेबनानको सिमाना अलतायरी क्षेत्रमा रिपोर्टिङ गरिरहेकी ४३ वर्षिया पत्रकार अमल खालिल मारिएको अलजजिराले जनाएको छ । खालिलसँगै रिपोर्टिङमा रहेका फोटो पत्रकार जैनब फराज घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार घटनाक्रमको रिपोर्टिङ गरिरहेको बेला उनीहरू रहेको गाडीको अगाडि रहेको अर्को गाडीमा हमला भएको थियो । त्यसपछि उनीहरू गाडीबाट झरेर नजिकैको घरमा आश्रय लिन पुगेका थिए । तर अर्को हमला त्यही घरमै भएपछि खालिल मारिएको खबरमा उल्लेख छ ।

करिब सात घण्टापछि मात्रै खालिलको शव भग्नावशेषबाट निकालिएको समाचारमा उल्लेख छ । यसैबिच, लेबनानका प्रधानमन्त्री नवाफ सलामले पत्रकारमाथि आक्रमण र उद्धार कार्यमा अवरोध पुर्‍याउनु युद्ध अपराध भएको भन्दै यस घटनाबारे अन्तर्राष्ट्रिय निकायमा जानकारी गराउने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x