संसद् अधिवेशन बोलाएको भोलिपल्टै स्थगित
काठमाडौं। संसद् अधिवेशन बोलाएको भोलिपल्टै राष्ट्रपति रामचन्द्र पौडेलले फेरि स्थगित गरेका छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यसअघि आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा अधिवेशन आह्वान गरेका थिए ।
तर, मन्त्रिपरिषद्कै बिहीबारको अर्को सिफारिसअनुसार विशेष कारण देखाउँदै उक्त अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
संविधानको धारा ९३ १ बमोजिम संसद् अधिवेशन आह्वान तथा स्थगनसम्बन्धी निर्णय राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा हुने व्यवस्था छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE