अखिल नेपाल फुटबल संघ माथि लगाएको निलम्बन फुकुवा
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।शुक्रबार मन्त्रालयमा बसेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीचको छलफलपछि निलम्बन फुकुवा गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।
मन्त्री पोखरेलले बिनासर्त निलम्वन फुकुवा गरिदिएको उनको भनाइ छ । मिलेर फुटबल विकासमा अगाडि वढ्न आग्रह गर्दै मन्त्री पोखरेलले नेपाली फुटबललाई फिफाको नियमअनुसार चलाउनु र फुटबल विकासमा काम गर्न आग्रह गरेको उनको भनाइ छ ।छलफलमा राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी उपस्थित थिए ।
गत चैत ११ गते जबर्जस्ती अर्ली इलेक्सन गर्न खोजेको, देशको ऐन कानुन नमानेकोलगायत आरोप लगाउँदै राखेपले एन्फामाथि तीन महिनाका लागि निलम्बन गरेको थियो ।त्यसपछि राखेप, फिफा प्रतिनिधि र एन्फा प्रतिनिधिबीच निलम्वन फुकुवा गर्ने र देशको कानुनअनुसार, फुटबल चल्ने विषयमा वार्तालापहरू भइरहेको थियो ।।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE