सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण संस्था र गोरखापत्र संस्थानको प्रमुखमा आवेदन खुला

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका निम्ति दरखास्त आह्वान गरेको छ ।

दरखास्त आह्वानसम्बन्धी सूचना बिहीबार गोरखापत्र दैनिकमा प्रकाशन गरिएको हो । इच्छुक योग्य व्यक्तिलाई यही जेठ १८ गतेभित्र आवेदन पेस गर्न भनिएको छ ।

दरखास्त फाराम, योग्यता, आवश्यक कागजातलगायत विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ । सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो ।

यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति र रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ । नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार इच्छुक उम्मेदवारले १० दिनभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x