शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन

काठमाडाैं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिटयान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउनेतिर सरकार लाग्न हुने बताएकी हुन् । पूर्वप्रधानमन्त्री कार्कीले प्रधानमन्त्री बालेन्द्र साह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई विगतलाई हेरेर अघि बढ्न सुझाव समेत दिइन्। सरकारमा आएका नवयुवाहरुले अघिल्लो कुराहरु मनन गरेर, हिष्ट्रीलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने पूर्वप्रधानमन्त्री कार्कीको भनाई थियो । उनले सत्तारुढ दलका नेताहरुले आफूहरु पनि सधैं युवा रहँदैनौ भन्ने कुरालाई हेक्का राख्नुपर्ने बताइन्। त्यसैगरी पूर्वप्रधानमन्त्री कार्कीले विपक्ष दलहरुले पनि सरकारको खुट्टा तान्ने प्रवृत्ति राम्रो नभएको बताइन्।

उनले भनिन्,‘अघिल्लो सत्तामा हुने अधिकांशले हार्नुभयो । नयाँ पार्टी स्थापित भयो । युवाहरु आए । संसदमा अहिले हे¥यो भने हामी जस्तोले हेर्दा अधिकांश सांसदहरु केटाकेटी जस्तो हाम्रा नजरमा हाम्रो छोरीहरु जस्तो, हाम्रा नातीहरु जस्ता आइपुगे । ठिक छ– योङ जेनेरेशनले माग्यो कि पब्लिकलाई भन्यो कि हामीेले पार्टी सिपेशन गर्न पाएनौ । हामीले केही गर्न पाउनु पर्छ भन्यो । त्यो आयो । अव जनताले दिएको भोटलाई त सम्मान गर्नुपर्छ सबैले । जनताले पनि त्यही चायो भने त सम्मान त गर्नुप¥यो । सम्मान गरिसकेपछि हामीले चल्न पनि दिनु प¥यो । मलाई एउटा कुरामा के लाग्छ भने–पोलिटिकल पार्टीहरुको बीच राइवलरी हुन्छ । एक आपसमा एकले अर्काको खोट देखाउँछन । नदेखाउने होइन । जहिले पनि सत्ताधारीको विरुद्धमा प्रतिपक्षले जहिले पनि आवाज उठाउँछ । उसले त्यसका त्रुटीहरु देखाईरहन्छ । तर सभ्य भाषामा भन्ने हो भने त्यो एउटा मार्ग निर्देशन हो । यो होइन कि जनताले मत दिएर आएको उसलाई त्यसको खुट्टा तानेर फालेर त्यसलाई ध्वस्त बनाएर त्यो गर्ने होइन । त्यो चाहीँ के हो भने जनताले चाहेको कुरालाई हामीले अघि बढन सम्मान गर्नलाई हामीले दिनु पर्दछ । तर बरु जो सत्तामा आउनु भएको छ । नव युवाहरु अहिले आएका छन । अव ३५ वर्ष, ३७ वर्षको प्राइममिनिष्टर, पार्टीका लिडरहरु जम्मै योङ छन । उनीहरुले पनि अघिल्लो कुराहरु मनन गर्नु प¥यो, हिष्ट्रीलाई मनन गर्नु प¥यो । मुलुक कसरी चल्दा हुन्छ, चलाउँदा हुन्छ ? आखिर उनीहरु पनि गएर एक दिन त त्यही स्टेजमा पुग्छन । पार्टीका लिडरहरु सधै जवान भएर त बस्दैनन । हिजो केपी ओलीजी हुनुभयो, शेरबहादुर देउवाहरु भए । अथवा प्रचण्डजी नै हुनु भयो । यी सबै आउँदाखेरी त योङनै थिएन नि आफना मोभमेन्टमा । यो त यस्तै हो, अनुभव हुँदै जान्छ गर्दै जानुपर्छ । र, अर्को कुरा आफू पावरमा आइयो भनेर अर्को पक्षलाई पूरै नास्तानामुद गराउँछु भन्नेतिर पनि लाग्नु हुँदैन । म एउटै कुराको के ईक्ज्याम्पल दिन्छु भने इन्टिरियम गोभरमेन्ट कसरी आफनो मिशनमा सफल भयो त ? यो कुरालाई पनि हेरौन । हुन त हाम्रो त ननपोलिटिकल पार्टी हो । हाम्रो राजनीतिक दलको सरकार होइन । त्यसो भनेर पोलिटिकल पार्टीहरु असफल हुन्छन भन्ने मेरो एकरत्ति पनि भनाई होइन । पोलिटिकल पार्टी हुने भएको दुईटा, तीनवटा पक्ष भयो भने एक अर्काबीचमा आसपमा एउटा आलोचनाप्रति आयोचना एकले अर्कोलाई बाटो देखाउने काम हुँदै गर्दा त्यसमा एउटा कम्पिटिशनको फिल हुन्छ । त्यसले गर्दा मुलुकलाई हाँक्न सक्छ ।’

पूर्वप्रधानमन्त्री कार्कीले राजनीतिक दलहरुले नै मुलुक हाँक्ने भएकाले उनीहरुलाई आफूले कहिल्यै पनि कम नआँकेको पनि बताइन्। उनले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंशा समेत गरिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x