शनिबार, असार ६, २०८३
Saturday, June 20, 2026

प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता

काठमाडाैं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचिमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् ।

आईतवार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री बालेन्द्र साहले उक्त कार्यसूचिमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरुको ध्यान केन्द्रित भएको बताएकी हुन् । मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरु गर्नुपर्नेमा जानकारी रहेको भन्दै आगामी दिनमा सोही कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्। उनले आफ्नो मन्त्रालयले कम्तिमा १५ दिनमा सञ्चारकर्मीहरुसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताइन् । मन्त्री मेहताले मन्त्रालयले सम्बन्धित क्षेत्रका विज्ञहरु, सञ्चारकर्मीहरुलगायतका सुझावलाई ध्यानमा राखेर काम गर्ने पनि बताइन्।

उनले भनिन्,‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो । किनकी हाम्रो मेट टार्गेट भनेको नै सय बुदा थियो । यसलाई कसरी कम्पिलिट गर्ने ? हामीलाई माथि बाटनै सम्मानीय ज्यूको मेन निर्देशन शासकीय सुधारको जुन हन्ड्रेट प्वईन्टस थियो । त्यसलाई कसरी कम्पिलिट गर्ने भनेर सबै उतातिर फोकस भयौँ । प्रेस एडभाईजरी हामीले टाईम टू टाईम यसरी मिटिङ राख्नुपर्ने । यसमा हाम्रो ध्यान नै गएन । त्यसका लागि हामी क्षमाप्राथी नै छौँ । यो हाम्रो इन्ड होइन, कन्टिन्युटी हो । हाम्रो प्रवक्ताले यो भनिसक्नु भयो । सम्भव भएपछिसम्म हामी हरेक १५ दिनमा पत्रकारसँग भेटघाट गर्ने छौ । हजुरहरुको जति पनि गुनासाहरु छ । फिडब्याक र एडभाईसहरु छ । सचिव र सचिवालयले नोट गरेको छ । सुधारका कुराहरु धेरै आएका छन् । हाम्रा कमीकमजोरीहरु, हाम्रा स्ट्रेन्थहरु के छन ? त्यो हामी सबैले बुझेका छौँ । यसलाई आत्मासात गर्दैै हामी पक्कै अघि बढ्नेछौँ ।’

मन्त्री मेहताले मन्त्रालयमा आउने गरेका गुनासोहरु पनि सम्बोधन हुँदै जाने बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x