विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्री भन्छन्, ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौं’
काठमाडौं ।गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गर्ने जानकारी दिए । विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको उनको भनाई छ । उनले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले सम्भावित संकटको अवस्थामा छिटो काम गर्नेगरि संयन्त्र निर्माण गरिएको पनि जानकारी दिए। विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उनको भनाई छ । मनसुनका बेला पूर्व–पश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उनले जानकारी दिए । उनकाअनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँ–कहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली विकास गरिएको छ । उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाएको उनले जानकारी दिए । यसले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था नहुने उनको भनाई छ । गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पु¥याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘विपद् व्यवस्थापनमा हाम्रो पुर्वतयारी राम्रै छ, त्यही अनुसारमा सुरक्षा निकायहरु पनि खटाइएको छ । त्यही अनुसारमा डिफरेन्ट को–लिड, लिडहरुलाई पनि हामीले निर्देशन दिएका छौं । यसपालि मन्त्रीको निरीक्षण भन्दापनि जनताको सुरक्षाको लागि हेलिकप्टर देखि लिएर सबै कुराहरु खटाउने हाम्रो योजनामा राखिराखेका छौं । जेन–जी आन्दोलनको टाइममा पनि मैले रेस्पोन्ड गर्दाखेरि धेरैजनाले चाहिँ मेरो त्यतिखेर हैसियत छैन, भनेर प्रश्न गरेका थिए । किन त्यो विपदको ठाउँमा गएर बसेर कुरा गरेको भन्ने प्रश्नहरुपनि आए । तर त्यतिखेर पनि रेस्पोन्ड एकदम राम्रोसित भएको थियो । हामीले नागरिकको ज्यान बचाउन जोसुकैले सहयोग गर्न सक्छौ । पहिलाको सरकारले के ग¥यो रु त्यससँग हामीसँग सरोकार भएन । तर पहिलाको सरकारले गरेको राम्रो कुरालाई प्रोत्साहन गरेर जति पनि कमीकमजोरी भएको छ, त्यसलाई सुधार गरेर सरकारले त्यही अनुसार काम गरिरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयसँग गृहमन्त्रालयले मिलेर कुनै बाढी पहिरो आइहालेको खण्डमा पहिरो हटाउनको लागि हामीले एप निर्माण गरेका छौँ । राइड शेयरिङ एपहरुले लोकेसन हाल्ने बित्तिकै त्यहाँको नजिँकै कहाँ कहाँ राइडरहरु छ भनेर थाहा हुन्छ, त्यहीअनुसारमा पुर्वाधार विकास मन्त्रालयले एउटा एप बनाउनुभएको छ । डोजरहरु कहाँ कहाँ छ भनेर ठ्याक्क थाहा हुन्छ । कुनै क्षेत्रमा यदी तत्काल रेस्पोन्ड गर्नुप¥यो भने तुरुन्तै हामीले गर्ने, बाटो फुकाउने हिसाबले एप डेभलप गरेका छौं । डिजास्टरको लागि म प्रतिशोध साँधेर आएको छु । पहिला जसरी डिजास्टरले हामीलाई दुख दियो, यसपालि त्यहीअनुसारमा प्रतिशोध साँधेर चाहीँ म डिजास्टरलाई रेस्पोन्ड गर्ने मेरो योजनामा आएको छु ।’
गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको पनि जानकारी दिए । अपराध नियन्त्रण, सुशासन प्रवद्र्धन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उनको भनाई छ । सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्यांकन र पदोन्नति गर्ने नीति अघि बढाइएको उनको भनाई छ । राजनीतिक दबाब वा पहुँचका आधारमा पदोन्नति हुने प्रवृत्ति अन्त्य गर्ने उनको दाबी छ । नागरिकको सुरक्षा, विपद् प्रतिकार्य र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने उनको भनाइ छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE