कर्णाली नदीमा मिनीबस खस्यो
काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा मिनीबस कर्णाली नदीमा खसेको छ ।
सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बुधबार बिहान करिब साढे ११ बजे सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । गाडीमा कति जना सवार थिए भन्ने यकिन हुन नसकेकाले अन्य यात्रुको अवस्था पनि अझै अज्ञात रहेको जनाइएको छ ।
दुर्घटनापछि उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी उद्धार तथा खोजी कार्यका लागि खटिएको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE