बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेको सुकुम्बासीहरुलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उनले उक्त माग गरेकी हुन् । सांसद कामीले सरकारले सुकुम्बासीहरुको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्ने पनि बताइन्। सरकारले सुकुम्बासीहरुको समस्या नगद बाँडेर अस्थायी रुपमा समाधान गर्न खोज्न नहुने पनि सांसद कामीको भनाई थियो । उनले उनीहरुलाई सुरक्षित आवाससहितको व्यवस्था सरकारले गर्नुपर्ने बताइन् ।

सांसद कामीले भनिन्,‘५ दिन भित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिईयोस् । लगतबाट छुटेका वास्तविक सुकुम्बासीको निष्पक्ष पहिचान गरी उनीहरुलाई पनि सम्मानसहित राहतको व्यवस्था गरियोस । अर्का अस्थायी रुपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, उनीहरुलाई सुरक्षित आवास र दिर्घकालीन समाधानको कार्ययोजना तत्काल सार्वजनिक गरियोस् ।’

त्यस अवसरमा सांसद कामीले प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति जवाफदेही नभएको भन्दै आक्रोश समेत व्यक्त गरिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x