बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अविरल वर्षा र बाढीपछि यस्तो देखियो काठमाडौं (फोटो फिचर)

काठमाडौं । गत बिहीवारदेखिको अविरल वर्षाले बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ । विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालले व्यहोरिरहेको छ ।

काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो । धेरैको उद्धार भएपनि केही मानिसहरुको ज्यान गएको छ ।

नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो । यही सेरोफेरोमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बाढी र डुबानपछिको काठमाडौं उपत्यकाका केही तस्बिरहरु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x