बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिउँसो १ बजे संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रश्तावित राजदुतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रश्तावित राजदुतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x